उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

काठमाडौं / नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको निर्वाचनको मतगणना सुरु भएको हो । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतगणना सुरु भएको हो । उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र  जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् । 

शुक्रबार नै मतगणना सकेर निर्वाचित प्रमाणपत्र प्रदान गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् । 
उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित