विराटनगरस्थित न्यूरो हस्पिटलद्वारा स्वास्थ्य अभियान कार्यक्रम सुरु

विराटनगर / विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो ।

न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदानगर्दे आएको सम्पुणर् स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पुर्याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. अनिशा विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ ।

स्वास्थ्य अभियान कार्यक्रमको शुभराम्भ बाहुनीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी गरियो । स्वास्थ्य अभियान कार्यक्रमको अस्पतालका कार्यकारी निर्देशक डा. विष्ट र बेलबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिता चौधरी बिच सम्झौता पत्रमा हस्ताक्षर समेत गरे।

कार्यक्रममा बेलबारी नगरपालीकाका नगर प्रमुख दिल प्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा सेवा कोसेढुगां साबित हुने बताए । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिट डा. बिरेन्द्र कुमार बिष्टले स्वस्थ बाहुनी अभियानबाट बाहुनीका बासिन्दाहरु सँग प्रत्यक्ष जोडिएर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बताए । न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, अस्पताल निर्देशक ई. रन्जित राज बस्नेत, बेलबारी नगरपालीकाका पदाधिकारीहरु, न्युरो अस्पतालका बरिष्ठ विशेषज्ञचिकित्सकहरु लगायत सर्वसाधारणहरुको उपस्थिती थियो ।

स्वास्थ बाहुनी अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्कओपिडी सेवा तथा सम्पुणर् जाँच तथा उपचारमा छुटको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा न्युरो अस्पतालले सहयोग गर्ने, बाहुनीमा न्युरो अस्पताले समय समयमा निःशल्क स्वास्थ्य शिविर गर्ने लगायतका सेवाहरु समावेश गरिएको छ ।

अभियानको थालनीमा निःशल्क बृहत स्वास्थ्य शिविर आयोजना गरिएको छ । अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा आएका विरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कमार विष्ट, बरिष्ठ न्युरो सर्जन यामबहादुर रोका, बरिष्ठ प्रसुतीतथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ), बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), बरिष्ठ अर्थोपेडिक सर्जन डा. अमित देब, बरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, बरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, बरिष्ठ कार्डियोलोजिष्ट डा. राजन कणर्, आपतकालिन सेवाचिकित्सक डा. प्रफुल्ल कोइराला, बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप शाह, बरिष्ठ फिजियोथेरापिष्ट डा. नविनकुमार चौधरी तथा मेडिकल अफिसरहरु लगायतका स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरुको स्वास्थ्यजाँच गरेका थिए । स्थानीय स्थरमै आएर न्यूरो अस्पतालका सम्पूणर् विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार सेवा पाएपछि यहाँका विरामी उत्साहित देखिन्थे ।

उतm शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रसाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशतभन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित