बुढासुब्बा गोल्डकको उपाधी क्यामरूनको एभिनियरलाई

धरान / अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरूनको एभिनियर फुटबल क्लबले उचालेकाे छ । धरान रंगशालामा शनिबार भएको २३ अाै संकरणकाे फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर विजयी भएको हो ।
गोल्डकपकाे उपाधीसँगै एभिनियरले नगद रू १० लाख पुरस्कार जितेको छ । उपविजेता भएको केएफटिसीले नगद रू ५ लाख पुरस्कार पाएर चित्त बुझाएको छ । पहिलो पटक बुढासुब्बा गोल्डकप खेलेको एभिनियरले उपाधी जित्दा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ३ गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफि प्रदान गरिएको थियो ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए। उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । एभिनियरका लागी विजयी गोल साब्बाले गरेका थिए । उनले खेलको कप्तान गिन्नीको पासमा उत्कृष्ट गोल गरेका थिए । बुढासुब्बा गाेल्डकपकाे समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित