सकियो रवि लामिछाने मुद्दाको सुनुवाइ, न्यायाधीश फैसलाको तयारीमा

काठमाडौं / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएको छ । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन् । 

बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् । 

नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले  छुट्टाछुट्टै रिट दायर गरेका हुन् । 

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरुले गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित