इटहरीस्थित नमुना कलेजमा यसरी मनाइयाे सरस्वतीको पूजा (तस्विरहरू)

इटहरी / प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजाकाे अवसरमा इटहरी स्थित नमुना कलेजमा बिविध कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेकाे छ । कलेजले देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी बिद्यार्थी तथा अबिभावक बोलाएर बिविध कार्यक्रमका साथ सरस्वती पुजा मनाएको कलेज संचालक समितिका अध्यक्ष केशव खड्काले बताए । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ। श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

कलेजले स्नातक तहमा वि.वि.ए, वि.एस.डब्ल्यु., वि.सी.ए. वि.एच.एम. वि.वि.एस.का कोर्सहरू सञ्चालन गर्दै आएको छ । साथै सुनसरीमा पहिलो पटक प्लस टु मा कानुनको पढाई सुरु गर्ने पहिलो कलेजका रूपमा समेत रहेको छ । साथै कक्षा 11/12 मै साइन्स, कम्प्युटर, म्यानेजमेन्ट विषयको समेत पठनपाठन गरिरहेको छ शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षक तथा व्यवस्थापकहरू रहेको यस कलेजमा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि खेलकुद लगायतका सुविधा समेत उपलब्ध गराएको छ तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित