आशङ्काको घेरामा धरानका  मेयर हर्क साम्पाङ

धरान ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो समय एक पछि अर्को विवादमा पर्दै आएका छन् ।  धरान २० सर्दु किनारमा ´ माया धराने´ साबुन उद्योग खोल्न जनश्रमदानमा गिट्टी कुट्ने अभियान उत्साहपूर्वक चलिरहँदा अदालतले ‘स्टे अर्डर’ जारी गरे पछि काम तत्काललाई स्थगित छ। अब  साबुन उद्योग तत्काल नबन्ने भए पनि मेयर साम्पाङले यो कुरा आफ्ना समर्थकलाई स्पष्टरुपमा भन्न सकिरहेका छैनन् । बरु उल्टै उनले वनलाई र अदालतलाई लक्षित गरी स्ट्याटस फेसबुकमा लेखेका छन्।’श्रमदातालाई नचलाऊ ! गिट्टी कुट्न नपाएर क्रोधित बनेका श्रमदाताको ह्यामर मार्तोले तिम्रो टाउकोमा बर्सियो भने मलाई गुनासो नपोख्नु ! बेलैमा भन्द्या छुउ !’ भनेर आक्रेस  व्यक्त गरेका छन्।

धरानका केही व्यापारीले  पहिला खोलिएका कतिपय उद्योग बन्द छन् धरानको औद्योगिक क्षेत्रमा पनि लगानी गर्नु सकिने  हुदाँ  एक्लो निर्णय गरी साबुन फ्याक्टरको सुरुवात गरेको भन्दै गुनासो गरेका थिए।

पहिले नै सप्तरङ्गी पार्क भनेर चिनिएको सम्पदालाई बहु साँस्कृतिक पार्क बनाउने लहडमा ३ महिना कार्यपालिका  बैठक मात्र  अवरुद्ध भएन, आरोप प्रत्यारोपको लहरमा दोहोरी घन्कियो  । ३ महिना पछि बहु साँस्कृतिक पार्कको लागि जग्गा खोज्नु समिति गठन गरे पछि सबै कुरा मिले अनि सामूहिक फोटो खिचेर मिलेको सन्देश प्रवाह गरियो। धरानको साना चोकका चिया पसल देखि पार्क र रेस्टुरेन्टमा समेत गफ बन्यो ।

धरान -१७ का वडाध्यक्ष मनोज भट्टराई भन्छन् , हो धरानमा खानेपानीको समस्या छ । यही मुद्दामा जनताले हर्क साम्पालाइ मेयर बनाएर पठाएका हुन् । तर,मेयर नै खानेपानी व्यवस्थापन बोर्ड पदेन अध्यक्ष बनेर काम गर्न पाइने कानुनी व्यवस्था छैन । यस विषयमा हामीले कुरा उठाइरहेका छौ अनि उठाइरहने छौ। कानुन मिचेर काम गर्दा एक दिन उजागर हुन्छ हेक्का रहेस् ।´ नगर विकास योजना बन्ने सुरसार छैन । मेयर साम्पाङ निर्वाचित भए पछिको पहिलो बजेट खासै जनमुखी हुन नसकेको स्थानीय र पूर्व मेयरहरूको र केन्द्रीय नेताका  गुनासो छ ।

खानेपानीको मुद्दामाले चुनाव जित्ने मेयरले बजेटमा खानेपानी लाई रकम नछुटाउनु असफल हुनु हो: विश्लेषक

खानेपानीका समस्या भनेर चुनाव जिते पनि बजेटमा खानेपानीको लागि कुनै रकम नछुटाउनु साम्पाङको असफलता नै रहेको विश्लेषक सुरेन्द्र केसिको आरोप छ । यस बाहेक नगरले तत्काल गर्नु पर्ने सुधारहरू सडक, ढल, विद्यालय, बजार अनुगमन यातायात व्यवस्थापन, पर्यटन, संस्कृति, ड्रग सबै क्षेत्र दिसाहीन झैँ देखिन्छन् । नगरमा योजना सम्बन्धी एकीकृत जिम्मेवारी वहन गर्ने योजना महाशाखा नै नभएको अवस्था छ ।

‘यो देशको कानुन नै विकासको बाधक बनेको छ !अनावश्यक झन्झटिलो कानुन र सरकारी काम कैले जाला घाम खालको कर्मचारी भएकोले गर्दा हो जनताको आदेश पाएकाहरूले काम गर्न नसकेको !’ यो सुनाउने र फेसबुकका लेख्ने भन्दा पनि काम गरेर देखाउने समय हो। नगर सभालाई संविधानले नै कानुन बनाउने अधिकार दिएको र संविधानलाई विश्वको उत्कृष्ट संविधान स्वीकार गरिसकेको अवस्थामा अरूलाई दोष दिएर उम्किने छुट मेयर साम्पाङलाई छैन । फेसबुके स्ट्याटस मोह भन्दा परिमाणमुखी मोह बन्नुहोस् । केसिले भने

प्रतिक्रिया

सम्बन्धित