धरानमा ‘डोजर आतङ्क बन्द गर ‘ भन्दै बालेन शाह विरुद्ध नाराबाजी (भिडियाे सहित)

धरान / धरानमा आज सॅाझ काठमाडौँ महानगरपालिका र मेयर बालेन शाह विरुद्ध प्रदर्शन गरेका छन्। अखिल नेपाल सुकुम्वासी सङ्घ धरानको आसोदनामा भएको बृहत् खबरदारी र्‍याली  तथा सभामा उनीहरूले धरानको भानु चोकमा प्रदर्शन तथा नाराबाजी गरेका हुन्। डोजर आतङ्क बन्द गर,गरिब मार्न पाइँदैन,बसोबासको आधारमा लालपुर्जा वितरण गर भन्दै भानु चोकमा नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन्।  सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि देशभर अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित