चितवन २ : रवि लामिछाकाे जित सुनिश्चित

चितवन / चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ३९ हजार २०० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् । रवि २५ हजार ६९७ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित