नोबेलले मनायो दीर्घ दम रोग दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो । नोबेल अस्पतालबाट सुरु भएको जुलुश कञ्चनवारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुशमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ ।

दम रोगको मुख्य कारण चुरोट, बिंडी सेवन गर्नु हो । नियमित एवं उचित औषधि र परामर्शको कमीले पनि यसलाई बढवा दिइरहेको हुन्छ । एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा पनि (दम) रोग लाग्छ । नियमित परीक्षण र उपचारले दम रोगलाई कम गर्न, नियन्त्रणमा राख्न सकिन्छ । यही कारण दम रोगलाई रोकथाम गर्न सकिने रोग भनेर परिभाषित गरिएको छ । उपचारका लागि नियमित चिकित्सकको परामर्शमा बस्ने र औषधि सेवन गर्नुपर्छ । दम रोगमा जुनजुन चिजले बिगार गर्ने हो, त्यसबाट बच्न चिकित्सकको सुझाव छ ।

नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे औषधिभन्दा धुलो, धुवाँ, चिसो, चुरोटबाट टाढै रहनु नै दमबाट जोगिने उत्तम उपाय रहेको बताउँछन् । अहिले नोबेलको फोक्सो बिभागमा दैनिक दुई सय भन्दा बढी विरामीहरु उपचारका लागि आउँने गरेका छन् । नोबेलको फोक्सो बिभागको ओपीडी, आइसियू र इमर्जेन्सीमा पनि फोक्सो रोगका बिशेषज्ञ डाक्टर बस्ने गर्छन् । विशेषज्ञ डाक्टरबाट उपचार सेवा पाउँने भएकाले नोबेलमा बिरामीको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित