ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर / ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् । त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ताेसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

प्रतिक्रिया