प्याब्सनद्वारा आयाेजित हाजिरी जवाफमा ज्ञानज्योति प्रथम

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कमिटीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा ज्ञानज्योति इङ्लिस स्कुल प्रथम भएको छ । ज्ञानज्योतिका निरोज ढुङ्गाना, सौगात थापा र प्रशंसा आचार्यको समूह पहिलो हुँदा स्कलर्स होमका कृपा राई, दिया गुरुङ र दिपेनको समूह दोस्रो भएको थियो । हरैंचा मोडल स्कुलले तेस्रो र जुपिटर इङ्लिस स्कुलले सान्त्वना स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगितामा सुन्दरहरैंचाका संस्थागत विद्यालयहरू सहभागी थिए । विजयी विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले ट्रफी मेडलका साथै प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख अकली चौधरी, विशिष्ट अतिथि प्याब्सन मोरङका कार्यवाहक अध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की, ज्ञानज्योति इङ्लिस स्कुलका प्रिन्सिपल देवी सिटौला लगायतले मन्तव्य राखेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताका संयोजक जीवन बस्नेतको संयोजनमा सम्पन्न कार्यक्रम प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको थियो । प्याब्सन सुन्दरहरैंचाका सचिव टीका पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित