छिमेकीलाई दुःख दिने यी हुन् बलिउडका चर्तित अभिनेता अभिनेत्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bollywood.-deshpost_7vyVJCqtVW_k2von2y736y2qspa8t8lyl2cdw8pmzn6pbfhcjttcs9j87cmba0ipe54wez5.jpeg)
मुम्बई / अधिकांश दर्शकको चाहना आफ्ना मन पर्ने कलाकार अनुशासनमा बसुन भन्ने हुन्छ । अझ ती कलाकारका छिमेकीहरूमा यस्तो चाहना अझ बढी हुन्छ । तर, केही कलाकार भने अवसर पाउन साथै आफ्नो रवाफ देखाइ हाल्ने स्वभावका हुन्छन् । यस्तो हर्कतबाट सबैभन्दा बढी पीडित छिमेकी नै हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जसका कारण उनीहरूका छिमेकीले प्रहरीको समेत सहयोग माग्नु परेको उदाहरण छ ।
करिना कपूर खान
सैफ अली खानकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपूर खानको नाम यो सूचीमा पहिलो स्थानमा छ । उनले सन् २०१६ मा घरमा एक फिल्मको सक्सेस पार्टी राखेकी थिइन् । जुन पार्टीमा निकै हंगामा भएको थियो । हंगामाबाट सुत्न नसकेपछि छिमेकीहरूले प्रहरीलाई गुहारेका थियो ।
शाहिद कपूर
भिनेता शाहिद कपुरको नाम सूचीको दोस्रो स्थानमा छ । उनले जुहुस्थित घरको मर्मत गरिरहँदा त्यहाँ काम गर्ने मजदुरहरूले छिमेकीलाई निकै दुःख दिएका थिए । यही कारण छिमेकीले प्रहरीमा उजुरी दिएका थिए ।
रणवीर कपूर
अभिनेता रणवीर कपूर लेट नाइट पार्टीका कारण चर्चामा आइरहन्छन् । पार्टीको समयमा संगीत निकै चर्को बज्थ्यो । जसकारण छिमेकीहरू तनावमा हुन्थे । रणवीरको यही बानीका कारण प्रहरीले एकपटक प्रहरी कहाँ उजुरी नै दिनुपरेको थियो ।
ऐश्वर्या राय बच्चन
अभिनेत्री ऐश्वर्या राय बच्चनबाट पनि उनका छिमेकी पीडित थिए । त्यो समयमा उनको अभिनेता सलमान खानसँग अफेयर चलिरहेको थियो । एक दिन सलमान अबेर रातमा ऐश्वर्याको घरमा पुगेर होहल्ला गरेका थिए । यो होहल्लाले छिमेकीलाई अवरोध गरेपछि उनीहरू प्रहरीको शरणमा पुगेका थिए ।
शक्ति कपूर
अभिनेता शक्ति कपूर पनि यो मामलामा अछुतो छैनन । समाचारअनुसार शक्ति लिफ्टमा पिसाब गर्थे । उनको यो बानीले छिमेकीहरू हैरान थिए । यसबाहेक उनी विना कपडा करिडोरमा घुम्थे । उनको यही बानीले दिक्क भएका छिमेकीले प्रहरीमा उजुरी दिएपछि उनले माफी माग्नु परेको थियो ।
प्रीति जिन्टा
अभिनेत्री प्रिती जिन्टा भलै अहिले बलिउडबाट टाढा छिन् । तर, छिमेकीलाई दुःख दिने मामलामा उनी पनि कम थिइनन् । प्रिती मुम्बईमा जुन फ्ल्याटमा बस्थिन्, त्यहाँ बडीगार्डका साथ पार्क घुम्थिइन् । उनका बडीगार्ड खेलिरहेका बच्चालाई गाली गर्थे । बडीगार्डको व्यवहारबाट छिमेकीहरू रिसाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
आदित्य पंचोली
अभिनेता आदित्य पन्चोली बलिउडका विवादित कलाकारमा पर्छन । उनको छिमेकीसँग कैयौं पटक झगडा भइसकेको छ । उनले छिमेकीको नाक समेत फुटाइदिएका छन् । यो मामला प्रहरीसम्म पुगेको थियो ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_CLZYgwS8zl_s2cesbu76sfkk2rozneiwho3kjuwyplkcrrqkubnd8gauthemv7uugno1dzz.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_rhUBwPlCJG_iddqw3dg3ojpicxuvr7nsqbkkrg6zjerq94ysi1hc1bnss8dmjf2w3hq0z4w.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_Rg3pE3ZMAX_rsk9kim9bcbglkp6rkylclfkdvmsquyksargvcypbcfufvmbhkxrotzhuvjw.jpg)
प्रतिक्रिया