गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, दुर्घटनाको विषयलाई लिएर राजमार्ग अवरुद्ध

काठमाडौं / धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन । आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया