काेराेनाकाे पहिलाे लहरमा ल्याएकाे भेन्टिलेटर चाैथाे लहर सकिँदा समेत सञ्चालनमा आएन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lamjung.jpg-2-scaled_1H3ueYtyZd_m9jrgpkrwqbn5sqmz1hay30x3tznlxpzoc9w0juxczefselgczwc01jkrjx3.jpg)
लमजुङ / साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयाेगविहीन बनेका हुन् ।
अस्पतालकाे आर्थिक स्राेत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेकाे अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७६/७७ मा बजेट प्राप्त भएपछि आर्थिक वर्ष ०७७/७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । उपकरण भएर पनि जनशक्ति नहुँदा साढे दुई वर्षदेखि अलपत्र रहेकाे उनकाे भनाइ छ ।
प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, विश्वव्यापी कोरोना संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भयाे । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए ।
तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो ।
कोभिड संक्रमितको उपचारलाई लक्षित गरी ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप सुरू हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् । भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पतालमार्फत पटक पटक जनशक्ति माग गरिए थियो । हाल भने महंगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।
अस्पतालमा भेन्टिलेटरसहित पाँच वटा आईसियू कक्ष सञ्चालन गर्ने तयारी गरिएकाे थियाे । अहिले सोही ठाउँमा डायलाइसिस सेवा सुरू गरिएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_AwJGaoGMel_okzpwmxehc729qnqihivqvhhlgzzgec6mvi8bzlo8uzftfdjq44tgk4ycghx.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_xWmQcmSJeo_0gkidfsugplgsa84wm69rwg1wac8hx762yk1sjcf2kadr1hwukbno5xabsop.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_OTeb3MZco7_zy2mj4efpoyida6olifjk9nkmkyfzfnejzbvfwlpxsi3nka3uedftlwgvnuf.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_Gdd3lG1xvD_905lhztcaf18eajsm5udxpieclrgedl8obencxrpfmyibzzrfxyytu2ixmvp.jpg)
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
![सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240624-WA0001.jpg_OWxbFUxdzS_chtvipixkfvconki70xyk39vmhoihvsp1dqu9fhxbpgn9mbdufzwy9evnocl_UAt7kC1QrK_bmpd6gcvckbxjsuys0e2uixn50axxooo50ocgvga60slwnygpgmpwieumouq.jpg)
प्रतिक्रिया