पीत पत्रकारिताको पराकाष्ठा: पत्रकारको खोल ओढी व्यवसायीसँग लाखाैंकाे बाग्रेनिङ ! (अडियाे सहित)

इटहरी । पत्रकारिता भनेको समाजको ऐना हो । समाजमा भएका विकृति विसङ्गति विरुद्ध बुलन्द आवाज बनेर त्यसको चिरफार गरेर अघि बढ्ने हो ।अझ सरल भाषामा भन्नुपर्दा पत्रकारिता देश र जनतालाई जोडने साझा पुल हो ।  तर पछिल्लो समय यदाकदा पत्रकारिताको मूल्य मान्यतालाई खिल्ली उडाउँदै विभिन्न घटना बाहिरिने गरेका छन् । यसै क्रममा पछिल्लो समय खुलेआम पत्रकारिताको मूल्य मान्यतालाई खिल्ली उडाउँदै नवपथ डिजिटल मिडिया प्रा.ली. शान्तिनगर, काठमाडौँ मुख्य कार्यालय रही विराटनगरमा शाखा कार्यालय रहेको नवपथ अनलाइनका  प्रधान सम्पादक खिला ढकाल तथा अनलाइनका समाचार संयोजक माधव काफ्लेले खुलेआम व्यवसायीसँग मोटो रकम बार्गेनिङ गरेको फोन संवाद सार्वजनिक भएको छ । उनीहरूले  सुरुमा नाम चलेका विभिन्न व्यसायीहरूलाइ निसाना बनाएर  नकारात्मक समाचारहरू प्रकाशित गर्ने तत्पश्चात  सोही व्यवसायीसँग विज्ञापनका रूपमा लाखाै रकम बार्गेनिङ गर्ने गरेको हल्लाहरू यदाकदा सुनिएता पनि पछिल्लो समय  इटहरीका व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल विरुद्ध विभिन्न नकारात्मक समाचारहरू सम्प्रेषण गर्दै विज्ञापन बापतको मोटो रकम माग गरेको अडियो सार्वजनिक भएको हो ।

उनीहरूले पटक पटक तस्करी , माफिया लगायतका शब्दहरू प्रयोग गरी समाचार लेखे पनि व्यवसायीमाथि कुनै प्रतिक्रिया नदिए पश्चात्  अनलाइन सञ्चालक खिला ढकाल र समाचार संयोजक माधव काफ्लेले मासिक १२ हजार ५ सय रूपाैया का दरले  ५ वर्षको  ७ लाख ५० हजार रकम विज्ञापन बापत बार्गेनिङ गरेका छन् । उनीहरूले  संस्थागत रूपमा ५ वर्षको एग्रिमेन्ट गरे मान सम्मानमा चोट पुर्‍याउने त्यस्ता शब्द तत्काल परिमार्जित गर्ने  पत्रकार खिला ढकाल र माधव काफ्लेले व्यवसायी पौडेलसँग ठाडै रकम माग गरेका हुन् । भनेजस्तो रकम प्रदान गरे व्यवसायी पौडेलको सकारात्मक पक्षलाई मात्र जोडेर पुन:समाचार सम्प्रेषण समेत गरिदिने भनी व्यवसायी पौडेल सँग खुलेरै रकम माग गरिएको छ ।  त्यसको जवाफमा व्यवसायी पौडेलले मागे जति रकम दिएमा मैले जति पनि खोला खन्न पाए, नगरपालिकाले रोक्दैन ? गाउँपालिकाले हेर्दैन ? भनी प्रतिउत्तर फर्काएको पूर्वेली न्युजलाई प्राप्त अडियाेमा प्रस्ट सुन्न सकिन्छ  ।

यस विषयमा हामीले व्यवसायी तथा उद्योग वाणिज्य संघ् इटहरीका अध्यक्ष भीम पौडेल सँग कुरा गर्दा उनले पहिल्यै देखिनै खिला ढकालले विभिन्न बाहानमा रकम माग गर्ने गरेको बताए । पछिल्लो समय  पत्रकार ढकालले घर निर्माणार्थ १०, १२ टिपर बालुवा गिटी माग गरेको र सो निदएकाेले  रिसिबि साध्न यस प्रकारका समाचार सम्प्रेषण गर्दै आएको पौडेल बत्ताउँछन् । पौडेले आफू बारम्बार उनिबाट पीडित भएर अडियो सार्वजनिक गर्न बाध्य भएको बताए  ।  पौडेलले लकडाउन पश्चातकाे आर्थिक मन्दीका कारण पिरोलिरहेको सन्दर्भमा राष्ट्रको चौथो अङ्गका रूपमा रहेका पत्रकारहरूबाट यस प्रकारको कार्यले अाफुलाइ  दुखित तुल्याएको बताए । पत्रकारिताको नाममा यस्तो बार्गेनिङ गर्ने गिरोहलाई राज्यले कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनले यस विषयमा कानुनी उपचार समेत खोज्ने बताएका छन् ।

पूर्वेली न्युजलाई प्राप्त भएको अडियाेमा संस्थागत रूपमा एग्रिमेन्ट गरे दुवै तर्फ ढुक्क हुने नत्र यस्तै समाचार अरू पनि बजिरहने ढकालले बताएका छन् । उनले भने जति रकम दिए व्यवसायी पौडेलको मान सम्मानमा चोट पुर्‍याउने शब्दहरू तत्काल हटाउन आफूहरू तयार रहेको पनि अडियाेमा प्रस्ट सुनिएको छ ।  ढकालले अडियो रेकर्डमा प्रकाशित समाचार लामो विज्ञापन सम्झौता भएको खण्डमा समाचारमा प्रयोग गरिएका माफिया लगायतका शब्दावली परिमार्जन गर्न समेत तयार रहेको बताएका छन् । अडियो संवादमा उनले आफूले समाचार प्रकाशित प्रति माफी मागिसकेको कुरा व्यक्त गरेता पनि समचारकाे खण्डन गरेको पाइएको छैन । उनले प्रकाशित गरी सकिएको समाचारमा माफिया जस्ता शब्दावली परिमार्जन गर्न समेत तयार रहेको बताएका छन् । घटनाक्रम हेर्दा  पेसागत मर्यादा विपरीत व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरुपयोग तथा  पत्रकार आचारसंहिता  विपरीत कार्य भएको देखिन्छ । यसमा सम्बन्धित नियामक निकायले उचित कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।

पुष्टि भए कानुनी कारबाही हुन्छ: काउन्सिल

पत्रकार आचारसंहिता, २०७३ पहिलो संशोधन २०७६ ५.२ अनुसार पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार गर्नु नहुने कार्यहरूमा पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन । भनेर व्याख्या गरेको छ । त्यस्तै पत्रकार आचारसंहिता २०७३ १२ अनुसार पेसागत मर्यादा विपरीत उपहार तथा पुरस्कार ग्रहण : (१) पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, सङ्घसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनुहुँदैन । (२) पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नुहुँदैन । भनेर प्रस्ट रूपमा उल्लेख गरेको छ ।

यस विषयमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसँग कुरा गर्दा  उनले कुनै पनि विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरेर त्यसलाई विचार बनाउने कोसिस गरिन्छ, त्यो प्रयोग गरिन्छ भने त्यसलाई पित पत्रकारिता भनिन्छ । यहाँ त पित पत्रकारिताको व्याख्या नै गलत अर्थमा बुझाउने प्रयास भएको छ । कोही पत्रकारले समाचार लेखेकै आधारमा कसैसँग मुनाफा लिने कोसिस गर्छ भने, त्यो त पीत पत्रकारिता पनि होइन । खास अर्थमा पत्रकारिता नै होइन, त्यो अपराध रहेको बस्नेतले बताए । यस किसिमका उजुरी पुष्टि भएमा प्रेस काउन्सिल एेन अन्तर्गत कानुनी कारबाही समेत रहने बताए ।

पीत पत्रकारिता अपराध हो : महासंघ

यस विषयमा पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टसँग सम्पर्क गर्दा पत्रकारीताका नाममा पीत पत्रकारिता गर्नु अपराध रहेको बताए । पत्रकारले समचारकाे आधारमा कुनैपनी  प्रकारको आर्थिक लेनदेन गर्नु नुहुने विष्ट बताउँछन् । पत्रकार आचार संहिता, पत्रकारिताको मूल्य मान्यताहरू धर्म भन्दा विपरीत हुन जाने उनी बत्ताउँछन्। कसैले पनि पत्रकारिता कर्म गर्दा व्यक्तिगत लाभका आधारमा पत्रकारिता गर्नु नहुने र यदि त्यस्तो पुष्टि भएमा  पत्रकार सदस्यता निलम्बन हुन समेत सक्ने बताए ।

यस्ताे छ अडीयाे संवाद [अडियो १]

व्यवसायी : खिला भाइ कता हो ?
पत्रकार : नमस्कार दाइ ,म अफिस विराटनगरमा छु ।
व्यवसायी : म ११ बजे फोन गर्नु है भनेको थियो फेरी निस्कनु पर्ने भयो । फेरी कता कता भइन्छ अनि घरमा आकाे बेला फोन गरिहालेको
पत्रकार : कहाँ हुनुहुन्छ ?
व्यवसायी : घरमा
पत्रकार : ए घरमा हुनुहुन्छ ? के गर्ने त अब ?
व्यवसायी : अब खाना साना खायो अनि चौकतिर निस्किने
पत्रकार : ए अनि यता विराटनगर आउनुहुन्न ?
व्यवसायी : आउँदिन हौ आज के छ भन त के भन्दै हुनुहुन्थियाे हिजो बिजी बिजी भइयो ।
पत्रकार : त्यही त अस्ति कुरा जुन थियो नि
व्यवसायी : अ अ के थियो ? कुरा प्रस्ट भन्नुपर्याे नि त, यती उति भनेर ! याङ याङ गरेर मात्रै भएन नि त ।
पत्रकार : एड दिने कुरा थियो नि त हैन के रे , मेरो भाइले कुरा गर्छ नि त !
व्यवसायी : को काफ्ले भाइले ?अनि खै त मैले त भनेको थिए त अस्ति नै ।
पत्रकार : भाइले तपाईँको फोन उठेन यस्तै के भन्दै थियाे ।
व्यवसायी : अनि म सँग नम्बरै तिम्रो मात्र छ अरू छैन
पत्रकार : म गर्न लाउँछु ल अहिले ?
व्यवसायी : हुन्छ हुन्छ । अनि सुन्नुन अलिक मोटा मोटी उ चैँ चिनुके !

केही समय पश्चात् नवपथ अनलाइनकै समाचार संयोजक भनिएका माधव काफ्लेको कल आउँछ ।व्यवसायी र काफ्ले बिच भएको फोन संवाद यो पनि सुन्नुस् ।

[अडीयाे २]

पत्रकार : दाइ नमस्ते !
व्यवसायी : नमस्ते !
पत्रकार : हिजो कल गरेको थिए फोनै उठाउनुभएन ।
व्यवसायी : कुन नम्बरमा गरेता थियो ?
पत्रकार : यही नम्बरमा गरेको हजुरको यही नम्बर मात्र छ म सँग ।
व्यवसायी : ए काफ्ले भाइ हो ?
पत्रकार : उम हो ।
व्यवसायी : अनि भन त बाबु के र छ कुरो ?
पत्रकार :ए त्यही त अस्ति एक दुई चरणमा कुरा चैँ गरेयाथियाै ।हजुर पनि बिजी बिजी के छ के हुदैछ भनेर नि !
व्यवसायी :ए त्यही त मैले खिलालाइ अघि गरेता थिए । उले प्रस्टै कुरै गर्दैन अनि के हो त कति हो भन्नु पर्याे नि त प्रस्ट !
पत्रकार : ए त्यही त हामीले पनि त्यही संस्थागत रूपमा जोडिऊ भन्ने तरिकाले हो, विज्ञापन दिएर सहयोग गर्नुहुन्छ कि भनेर अपेक्षा हो ।अनि त्यो भनेको मासिक रूपमा १२,५०० रूपैमा जति पर्ने रहेछ ,
व्यवसायी :मासिक रूपमा १२,५००
पत्रकार : अँ ५ वर्ष जत्तिको एउटा सम्झौता गराैन भन्ने तरिकाले कुरा गर्न पाए ।
व्यवसायी : सम्झाैतै गर्नुपर्छ र भन्या ?
पत्रकार : बिज्ञापन भएको कारणले गर्दा संस्थागत रूपमै जानुपर्याे ,सम्झौता गरेर जानुपर्याे भनेर !
व्यवसायी : अस्ती लेख्या कुरा चैँ के हुन्छन् अब ?
पत्रकार :हा,हा, हा, (हाँस्दै )यो प्रकाशित भइसकेको कुरा हो ।
व्यवसायी : त्यसलाइ चैँ सुरक्षित राख्नुपर्याे हैन ?
पत्रकार :हजुर अ !
व्यवसायी :अब

पत्रकार :त्यसलाइ त त्यतिकै भइहाल्छ त्याे ।
व्यवसायी :अ आउँदा नि हुन्छ, आउँदा के भयो र , राम्रो नराम्रो
पत्रकार : अ आउँछ त्यो कभरेज हुने कुरा हो,अब त्यस्तै हो ।
व्यवसायी :तर एउटै मात्र कुरा हो ,भाइ मलाइ त्यो माफिया भन्ने अनि सिनेटको मेट्रिक भन्ने शब्द अलिक असहज असहज जस्तो भा छ के !
पत्रकार :ए हैन त्यो त !अगाडी गैहाल्याे त्यो कुरा ,अब ठिकै छ ,यसलाई केही गर्न सकिन्छ कि ?
व्यवसायी : अनी खिला खै त ?
पत्रकार :अँ दाइ यतै तिर हुनुहुन्थियाे , बाहिर निस्कनुभयो कि सम्भव त
व्यवसायी :एक पल्ट खिला भाइलाई नि , कसो गर्ने , महिनाको कति गते चाहिने सोध्नु परो के ?प्रस्ट हुनुपराे ।
पत्रकार : जस्ताे हाम्रो चैँ अघि मैले कुरा गर्दै थिए , त्यही मासिक रूपमा १२,५०० अब वार्षिक डेढ लाख जति हुँदो रहेछ अनि त्यो गरेर ५ वर्ष जत्तिको सम्झौता गराै न भन्ने तरिकाले कुरा गर्न खोज्या हो ।
व्यवसायी :ठिकै छ त्यो त राम्रै कुरा हो कि ५ वर्ष त सकिँदैन हाेला यसो एक डेढ वर्ष सम्मको सकिन्छ कि ?एक पटक फेरी बस्नुपर्छ ,खिला लाइ एक पटक भन्देकाे भए हुन्थियाे नि त ,एकमुस्ट रूपमा वर्षको यति चैँ लिने भनेर फोन गराए हुन्थियाे नि त !
पत्रकार :अँ त्यही त अनि त्यो
व्यवसायी :उ चैँ त–तर्किने, बाेल्न तर्किने अनि भाइलाई देर हुन्छ त ,
पत्रकार : हाेइन होइन
व्यवसायी : उले उले प्रस्ट भन्नुपर्याे नि त वर्षको यति चाहियो ,अाइन्दा  हामी यसो गर्दैनौ, भकाे कुरा मात्र लेख्छौ भन्नुपर्याे नि त ।
पत्रकार : त्यहि त अँ ठिकै छ मैले उहाकाे प्रतिनिधिका रूपमा भने नि त , वर्षको एक डेढ लाख रूपै या यस्ताे एड हालाै अनि त्यसपछाडि ५ वर्षको सम्झौता गराै भन्ने कुरा हो । अनि अहिले चैँ २,३वर्षको सुरूमा एडभान्स हजुरले मिलाइदिनुहोला ।
व्यवसायी : यस्ताे बेलामा ३ वर्षको कहाँ हुन्छ हाै ? के भन्छाै हाै भाइ तिमी पनि हैट् ,
पत्रकार : अनी ३ वर्ष जत्तिको चैँ ट्याक्क हजुरले हाली गरिदिनु हजुरले ,एउटा क्राइसिस छ टार्न सकिन्छ कि भन्ने अपेक्षा हो ।
व्यवसायी : ए … दर्रै रछ र न त अब यसो गराै खिला सँग भरे भोलि आज त भेट्दिन होला भोलि तिर भेटौला है !यो त ठुलो कुरा आयो ,भोलि तिर आउँछु होला ,भोलि तिर विराटनगर खिलालाइ भन्नुन ,नत्र खिलालाइ एक पल्ट फोन गर्नु भन्नु ।
पत्रकार :हुन्छ म यहाँ बोलाउँछु है त दाइ लाई
व्यवसायी :ल बोलाउनु न ।
पत्रकार :दाइ यहाँ कुरा गर्नु

त्यसपछी पत्रकार खिला ढकाल संगकाे संवाद

पत्रकार : हेलो
व्यवसायी :खिला भाइ
पत्रकार :हजुर
व्यवसायी : अलिकती मंहगाे भयो नि त बाबु अनि अलिकति धेर भयो नि त यत्रो त कहाँ सकिन्छ त बा ?
पत्रकार : सुन्नुन , महिनाकाे १२ हजार ५ सय भनेको तपाइले व्यवसायी :एक लाख ४४ हजार भयो यार वर्षकाे कहाँ सकिन्छ त्यस्तो अनि ?
पत्रकार : वर्षकाे डेढ लाख भाेनी
व्यवसायी : अँ डेढ लाख त हो कि त्यो त गाह्रो हुन्छ नि त
पत्रकार : कति हो त लु भन्नु न त एउटा गेस्टलाइ चिया खर्च पनि हैन के तपाइलागि १२ हजार ५ सय भनेको
व्यवसायी : हा…
पत्रकार : त्यहि त भन्दैछु ५ वर्षकारलागि गराै longtrem हाेस् भनेर त्यसपछि तपाईँलाई कहिल्यै मैले पेल्नु पनि परेन , लेख्नु नि परेन ५ वर्ष ढुक्क भइन्छ नि !
व्यवसायी : पेल्न त पेल न कति पेलछाै पेल न दाजुभाइको एउटा सम्बन्धको  त हो ।
पत्रकार : सुन्नु न भिम दाइ , अरू सबै कुरा छाेडनु तपाईँलाई केही पनि फरक पर्दैन ,मलाइ ५ वर्षको एग्रिमेन्ट गराैं संस्थागत रूपमा म एड छापिदिन्छु दसैँमा झ्याप्पै अगाडी देखिने गरी इटहरी उद्याेग वाणिज्य सङ्घ भनेर अनि
व्यवसायी : हैन त्यो अनि सबै ठिक छ कि पैसा पनि दिम्ला , एग्रिमेन्ट पनि गरौला ,एउटै शब्द चैँ मलाइ साह्रै बिजिराछ क्या यो माफिया भन्ने शब्द !
पत्रकार : चुपाे लागेर नजर अन्दाज गरिदिनु , खै छाप्यो होला आफैले भनेर भनिदिनु त्यति मिलाएर त भन्न जानिहाल्नुहुन्छ नि ।
व्यवसायी : त्याे त सकिन्छ नसकिने त होइन
पत्रकार : यता सुन्नुसन दाइ के धेरै ल्याङ्ग गरिरहनु कुरा ,थपक्क हजुरलाई अहिले क्राइसिस छ ३ या अढाई वर्षको वर्षको पेमेन्ट गरिदिनु अगाडी हामी ५ वर्ष सम्म ढुक्क दाजु भाइ अब ।
व्यवसायी : अ त्यति गरिसकेपछि त्यति …
पत्रकार :  के यता यता त्यतिखेर सम्म तपाइ मन्त्रि बनिसक्नुहुन्छ के यार दाइ ?
व्यवसायी : सुनन ,त्यसपछि अनि जती खोला खन्दा पनि भो नि ?हाहाहा…
पत्रकार :हुन्छ जति खन्दा नि भो हाहाहा..
व्यवसायी : नगरपालीकाले पनि हेर्दैन , गाउँपालिकाले नि हेर्दैन हैन ?
पत्रकार : त्यसपछि तपाइले जे गरेनि भयो । तपाइले नि दाइ के गर्नु भने अहिले मलाइ क्राइसिस छ । मलाइ सङ्कट पर्दा खेरी तपाइले त्यसरी विज्ञापन दिएर मलाइ चैँ सहयोग गर्नुभयो लामो एग्रिमेन्ट गर्नुभयो भने तपाइ र मेरो सम्बन्ध गाढा हुन्छ ५ वर्षको एग्रिमेन्टले अरू १५ वर्ष त्याेले धकेलिहाल्छ ।अनि सकिएन तपाइ भोलि मन्त्री भइहाल्नुहुन्छ ।
व्यवसायी : मन्त्री भएपछि खोला खन्न पाइदैन हेहे…। एउटा कुरा चैँ नराम्रो लेख्यौ नि तिमीले माफिया भन्ने शब्द चैँ अप्ठेरो हो नि त भाइ ,मैले त्यस्तो काँहि केही गरेको छ ?
पत्रकार : त्याे म Edit गरिदिन्छु
व्यवसायी : हैन हैन नगर , गर्नुपर्दैन ,शब्द तिम्रो नराम्रो हो ।
पत्रकार : अझै कराउनुभयाे मैले भनिसके एक्सक्युज पनि सरी भनिसके त । कति भन्नुपर्छ हाै दाजु एउटै कुरा ?
व्यवसायी : ल ठिक छ भोलि म आउँछु विराटनगर अनि बसेर कुरो गरौला ल ?
पत्रकार :तपाइ आउनु हैन , एग्रिमेन्ट गराै , कुन कम्पनीको नाममा एग्रिमेन्ट गर्ने हो ? पैसा लेर आउनु ३ वर्षको ठ्याक्क सँगले कति हिसाब किताब हुन्छ म भरे भन्दिउँला , बुझ्नुभयो नि ?
व्यवसायी :ल भोलि बसेर कुरा गरौला
पत्रकार :ल ल
सुन्नुहाेस् पुरा अडियाे

मैले समचार लेखेर बिज्ञापन बार्गेनिङ्ग गरेकाे छैन  : खिला ढकाल

मोरङको उर्लाबारीबाट पत्रकारिता सुरु गरेका खिला ढकाल मोरङका सक्रिय पत्रकार हुन् । तेह्रथुमबाट मोरङको उर्लाबारीमा बसोबासगरी पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनले उर्लाबारी हुँदै विराटनगरमा बसेर पत्रकारीतालाइ निरन्तरता दिइरहेका छन् । राष्ट्रिय स्तरको एक पत्रिकाले उनलाई विराटनगरबाट सिन्धुली सरुवा गरे पछि उनी त्यो पत्रिका छाडेर  विभिन्न अनलाइनहरूमा सक्रिय रहे । ढकाल काठमाडौँ बसेर विभिन्न मिडियामा काम गरी सकेका छन् । काठमाडौँ बसे ता पनि कुनै मिडियामा लामो समय टिक्न सकेनन् । लेखनमा प्रखर रहेका उनि बिभिन्न विवादमा समेत पर्ने गरेका छन् । उनि हाल विराटनगरमा बसेर नवपथ डटकममा प्रधान सम्पादक रहेका छन् । विभिन्न सञ्चारमाध्यममा कार्य गरिसकेका उनी पटक पटक विवादमा तानिएका र पत्रकारीताका नाममा कमाउ धन्दा मच्चाएको आरोप समेत लाग्ने गरेको छ ।  यस बिषयमा पूर्वेली न्यूजले नवपथ डटकमका प्रधान सम्पादक खिला ढकाल संग कुरा गर्दा उनले अाफुले समचार लेखेर कुनै बाग्रेनिङ नगरेकाे बताए र त्यसाे गर्नु गलत रहने समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित