दादागिरी शैलीमा एनआईसि एसिया बैङ्कले राख्यो पसलमा गार्ड , कर्मचारीले भने “बैक आइज म को हुँ” चिनाउँछु ।
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nic-asia-purbelinews_8hwOMBOS4a_dvjggodtitzfal2ufosrmp9c3pjyl3uzkaeadzl1ootdbb3ytio2yc61yooy.jpg)
मोरङ / बैङ्कको गार्ड पनि ब्याक्तीको पसल पसलमा डिउटी गर्छन् भन्दा अचम्म लाग्न सक्ला तर यो कुरा साबित गरिदिएको छ पथरी शनिश्चरेको एनआईसि एसिया बैङ्कले । बैङ्क पनि साथी पनि भन्ने स्लोगन लिएको बैङ्कले शत्रुको भन्दा पनि परको ब्यावहार गरेको छ पथरी शनिश्चरे ७ का राजकुमार आचार्यलाई ।
राम्रो पनि हाम्रो पनि भन्दै सेवाग्राहीलाई आकर्षण गरेको बैकले सेवा ग्रार्ही मार्कामा पर्दा सहयोग त कहाँ हो कहाँ उल्टै ब्यावसाय नै उठिबास लगाउने ब्यावहार देखाएको छ । नेपालमै सबै भन्दा धेरै सेवा विस्तार गर्न सफल भन्दै सेवा ग्राही आकर्षण गरेको बैङ्कको यो नै पहिलो घटना भने हैन ।
सबै भन्दा धेरै सेवा विस्तार गर्दै सेवा दिएको बैकले अन्य बैङ्क भन्दा धेरै सास्ती समेत दिने गरेको घटना यत्रतत्र आइरहन्छ । कहिले एउटा चेकको पैसा अर्कैको खातामा, कहिले ठेकेदार सँग मिलेर सूचना चुहाएको, कहिले अर्को बैङ्कमा लोन सार्न नदिएका त कहिले लोन दिने भन्दै व्यापारीहरूलाई बोलाउने र धोका दिने गरेका समाचारहरू बाहिरिने गरेका छन् ।
यो पटक भने एन आई सी एसियाले अरुबेलाका भन्दा फरक तरिका अपनाएको छ । बैङ्कले ऋण उठाउन सेक्यूरेटीलाई ऋणीको ब्यावसायमा डिउटी सुरु गराएको छ । पथरी शनिश्चरे ७ का राजकुमार आचार्यले सञ्चालन गरेको राज इलेक्ट्रिक पसलमा बैकले २ दिन देखि लोन उठाउन भन्दै सेक्यूरेटी गार्ड राखी थप ब्यावसायमा तनाव दिन थालेको छ । बैकका सेक्यूरेटी पसलमा बस्न थाले पछि हुँदै गरेको ब्यावसाय पनि घट्दो रहेको आचार्यले गुनासो गरे ।
बैकको ऋण उठाउन गएका कर्मचारीले ब्यावसायीलाई धम्काउने समेत गरेका छन् । सेक्यूरेटी राख्न सुरु गरेको दोस्रो दिन बिना परिचय पत्र, विना पोसाकका एक ब्यक्ती पैसा उठाउन पुगेका थिए । पछि बुझ्दा उनी एन आई सी एसिया बैङ्कका कर्मचारी रहेछन् आचार्यले बताए । आचार्यले बैकको कर्मचारी भन्ने कुनै प्रमाण नदेखिएका कारण कसरी विश्वास गर्ने भन्ने सवालमा उक्त कर्मचारीले “बैङ्क आइज तँलाई म को हु चिनाउँछु” भन्दै धम्की दिएको बताए । व्यापारमा समस्या रहेका कारण केही महिना ब्याज तिर्न नसक्ने बैंकलमई जानकारी गराएको आचार्य बताउँछन् । यता आचार्यको श्रीमतीलाई समेत “यो बुढालाई म छोड्दिन” “म को हु देखाउँछु” भन्दै फर्केको बताउँछिन् । बैङ्कले बिहान सेक्यूरेटीलाई ल्याउने र बेलुका लाने गरेको छ ।
लकडाउनका कारण व्यापारमा तरलता भएकाले आचार्यले बैकलाई केही समय पर्खिन अनुरोध गर्दै आएका आचार्यले लकडाउन अगाडी पथरी शाखामा रहेको एन आई सी एसिया बैकबाट राज इलेकट्रोनिक पसल सञ्चालन गर्न ५० लाख ओडि ऋण लिएका थिए । पछि लकडाउनमा उक्त ऋण बैककै सहमतिमा बढाएर ६० लाख बनाएका थिए ।
लकडाउन पछि व्यापार नचलेर तनावमा रहेका आचार्यलाई यही बेला सुगर र प्रेसरले हानेको छ त्यस माथि पनि साथी भनेको बैङ्कले पसलमा गार्ड राख्ने र धम्की दिएका कारण आचार्य झन् बढी तनावमा रहेका छन् । राम्रा राम्रा स्लाेगनमा मात्र सिमित रहेको एन आई सी एसिया बैङ्कले ब्यावहार भने ठिक विपरीत गर्ने गरेको छ । एक पटक एनआईसी बैङ्कमा कारोबार गरेका सेवा ग्राही फेरी अर्को पटक कारोबार गर्नबाट पछि हट्ने गरेका छन् । सेवा ग्राहीलाई लोभ्याउन मात्र सफल रहेको बैकले ऋण दिने भन्दै व्यापारीहरूलाई बोलाउने र धोका दिने गरेको व्यापारीहरू बताउँछन् ।
एन आई सिले सस्तो ब्याज भन्दै प्रचार गर्ने र २, ४ महिना पछि ब्याज बढाउने गरेको पीडितको गुनासो छ । यस्तो समस्या देशै भरीको एन आई सी बैंकमा रहेको बैङ्कको पेजमा आएका गुनासोले प्रस्ट पार्दछ । इटहरीका व्यवसायी हेमन्त थपलिया बैकबाट आफू पीडित भएको बताउँछन् । थपलिया बैकको बेइमानीका कारण आफूले बैङ्क नै परिवर्तन गनूँ परेको बताउँछन् । उनले भने सुरुमा एउटा ब्याजदर भनेर लोन दिन्छ पछि बढाउँदै लान्छ । थपलियाले बैक नै परिवर्तन गरी लक्ष्मी बैकमा कारोबार थालेका छन् ।
गोठगाँउका एक ब्यावसायीले नाम नबताउने सर्तमा भने “हाम्रो ४ जनाको टिमले लोन लिन ५÷६ महिना धाउँदा पनि लोन पाईनौ । हामी ४ जना थियौँ लोन मिल्ने भए पछि बैङ्कका मेनेजर सहित धेरै ठाउँमा भ्रमण गरियो ६ महिना पछि निराश बनायो । ६ महिनामा कागज पत्र मिलाउँदा र डुल्दा घुम्दा धेरै खर्च गरायो” उनले गुनासो गरे ।
पथरीशनिश्चरेका व्यापारी उद्धव बस्नेत पनि आफू एन आई सी बैङ्क कहिल्यै नजाने बाचा गरेको बताउँछन् । बस्नेत भन्छन् “बैङ्कले लोन दिने भन्दै बोलायो र विश्वासको आधारमा कागजपत्र मिलाउन खर्च गराएर धोका दियो” । ब्यावसाय गर्न लोन लिने हो तर बैङ्कले कागज पत्र मिलाउनु पर्छ भन्दै खर्च गराउन गरेको बताए ।
बस्नेत जस्तै पथरीशनिश्चरे ६ का लाल बहादुर भण्डारी (एलवि) लाई पनि एन आई सिले झुकाएको थियो । बैङ्कले ग्राहकलाई गाडी खरिदमा ८.२५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भने पनि २÷३ किस्ता पछि १२ प्रतिशत पुर्याउने गरेको भण्डारीले बताए । बैङ्कले धोका दिएको थाहा पाए पछि बैङ्क नै परिवर्तन गरेको भण्डारीले बताउँछन् ।
पथरीशनिश्चरेका कृष्ण कुमार राई पनि उक्त बैङ्कबाट पीडित बनेका छन् । राई भन्छन् “मलाइ ४० लाख दिन्छु भनी दुनियाँ कागज बनाउन लगायो । घरेलु कार्ड हुँदा हुँदै पनि अर्को घरेलु कार्ड बनाउँला लगाइ धेरै खर्च गरायो” । काम हुन्छ भने पछि पाटी र चिया नास्ता गराए । तर ५ महिना झुलाएर अन्तिममा हुँदैन भन्यो । बैङ्कको भर परे सिधा साधाइलाई झुकाइ बुर्बक पर्ने रहेछ राईले भने ।
यस्ता घटना त एन आई सी का लागि सामान्य जस्तै बनेको छ । बैङ्कबाट यस्ता धेरै समस्या भोग्दै आएको जनताहरूले गुनासो गर्ने र बैङ्कको कर्तुतका विषयमा बेला बेला समाचार आए पनि सुधार र सम्बन्धित निकायले भने नियमनमा पटैकै चासो देखाएको देखिँदैन ।
सेक्यूरेटी गार्ड राखेको विषयमा एरिया ए इन्चार्ज डिएन्द्र सुब्बा सँग बुझ्दा बैङ्क जनताको पैसा सञ्चित गर्दै जनतामा लगानी गर्ने भएका कारण जनताकै पैसा उठाउन गएको र यो बैङ्कको उत्तरदायित्व रहेको बताए । यता कर्मचारीले धम्काएको विषयमा भने आफू जानकार नरहेको सुब्बाले बताए । आचार्यले पटक पटक भाका नगाएको कारण उनले त्यो कदम सम्म चाल्न बाध्य भएको बताए ।
![एसईईको नतिजा सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_PSyosCXxw4_xtositvjzlmdcqpsjrw6s38c1ibmchxtdmpusyyimqiireshtdogkhmthnpd.jpeg)
एसईईको नतिजा सार्वजनिक
![विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_Prachand2023-07-06-02-42-24_P5fC6DyBKt_ipqgdxaawwxwpjsg5kvgv9nnniyuotqegtiwwyo4jitf8fk1qldfsqpzzv9y.jpeg)
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
![एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_lJuJr12Q0W_7owqzv6diwa0z5ixua4j4ah19mu58rup7pwyxdfv1ajlsnej8hxjkhk4fa3k.jpeg)
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
![प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-Rastriya-sabha-abarodh_II6V0SZ8aF_vbijnlplddai9x0do5yvvm8byhc6zzupjivm0gxnepdabwkolzhobnazyvs7.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
![प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन](https://snowberry.prixacdn.net/media/gallery_folder/355987375_262929189760441_225062056348601929_n.jpg_q0U93hHcze_j4lvubqiw0qsr4feqwm0cira1ujs9f7y8x7zxv7wcwatjs090kanoa8btrxi.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन
![मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Weather-rain_hXZWavARm2_rigrshygj0g0v4v31hvzev7e4jh70unhhkulbiexrjpgnqspvcreyjiuslar.jpeg)
मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना
![ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah_05DCK5T72k_tsrehjuzmtqrwv5t3aasirfhc9dtpizfwhxvnveyb3xn9qsiuxmij00mwqo3.jpg)
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
![पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa2023-01-14-04-58-14_6SN7RC5avI_zw8wef1mdirgqd9dlltav4a0aokecofaxfbckzbitgea3fwls2s0gqel3gtj.jpeg)
प्रतिक्रिया