सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा केदारप्रसाद गुरागाईं तथा उप प्रमुखमा अकली चाैधरी विजयी

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाको स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका छन् ।

निर्वाचन अधिकृत कार्यालयकाे अन्तिम मत परिणाम घाेषणा अनुसार गुरागाईँले २१ हजार ४ सय ५मत ल्याएर मेयरमा विजयी भएका हुन् । गुराँगाईका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत ल्याएका छन् । ढकाललाई ७ सय २७ मतकाे अन्तरले पछि पार्दै गुरागाईं विजयी भएका हुन् ।

तेसै गरि उपमेयरमा नेकपा एमालेकी अकली चाैधरी विजयी भएकी छिन् । गठबन्धनका उम्मेद्वार सहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले २२ हजार ४ सय ५२ काे भारी मत ल्याउँदा नेकपा माओवादी केन्द्रबाट उप प्रमुख पदका उम्मेद्वार नवराज चापागाईँले ११ हजार ३ सय मत ल्याएका छन् । तसै गरि उपमेयरमा राप्रपा पाटीका उम्मेद्वार सुमित्रा बस्नेतले २ हजार २ सय ४९ र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेशकुमार आचार्यले १ हजार २३ मत ल्याएका छन् ।

सुन्दरहरैंचामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको  थियाे । सुन्दरहरैंचामा जम्मा खसेको मत ५१ हजार ५ सय ७६ रहेको छ । गठबन्धनलाई पछि पार्दै एमालेले जित हात पारेकाे हाे । अघिल्लो स्थानीय तहकाे निर्वाचन ०७४ मा नगर प्रमुख पदमा नेपाली काँग्रेसका शिवप्रसाद ढकाल तथा उपप्रमुखमा एमालेबाट धनमाया तामाङ विजयी भएका थिए । एमालेकाे गढ मानिएकाे सुन्दरहरैंचामा फेरि एमालेले प्रमुख पदमा जितेर आफ्नाे पुरानाे विरासत जाेगाउँन सफल भएको छ।

यी हुन् सुन्दरहरैंचामा नव निर्वाचित ६२ जना जनप्रतिनिधिहरु

नगरप्रमुख – केदारप्रसाद गुरागाई नेकपा एमाले
नगर उपप्रमुख अकली चौधरी नेकपा एमाले

वडा नम्बर १

अध्यक्ष रामबिश्वास खवास नेपाली काङ्ग्रेस
सदस्य ताराप्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेस
सदस्य भगवान साह नेपाली काङ्ग्रेस
महिला सदस्य धारणा खनाल नेपाली काङ्ग्रेस
दलित महिला सदस्य लक्ष्मी विश्वकर्मा नेपाली काङ्ग्रेस

वडा नम्बर २

अध्यक्ष बिवश प्रधान नेपाली काङ्ग्रेस
सदस्य ओमनारायण चौधरी नेपाली काङ्ग्रेस
सदस्य नन्दनारायण गच्छदार नेपाली काङ्ग्रेस
महिला सदस्य सितकुमारी खवास नेपाली काङ्ग्रेस
दलित महिला सदस्य प्रमिलाकुमारी बिश्वकर्मा नेपाली काङ्ग्रेस

वडा नम्बर ३

वडाअध्यक्ष विदुरप्रसाद ढुङ्गाना नेकपा एमाले
सदस्य निलम अधिकारी नेकपा एमाले
सदस्य नारायणप्रसाद भट्टराई नेकपा एमाले
महिला सदस्य पूर्णमाया लिम्बु नेकपा एमाले
दलित महिला सदस्य पवित्रा दमाई नेकपा एमाले

वडा नम्बर ४

वडाअध्यक्ष कैलाश बस्नेत नेपाली काङ्ग्रेस
सदस्य गणेशप्रसाद गुरागाई नेकपा एमाले
सदस्य शान्ती चौधरी नेकपा एमाले
महिला सदस्य दुर्गा पोखरेल नेकपा एमाले
दलित महिला सदस्य राजकुमारी विश्वकर्मा नेकपा एमाले

वडा नम्बर ५

वडाअध्यक्ष गणेश चौधरी नेकपा एमाले
सदस्य घनश्याम घले गुरुङ्ग नेकपा एमाले
सदस्य श्याम खनाल नेकपा एमाले
महिला सदस्य इन्दिरादेवी चापागाई नेकपा एमाले
दलित महिला सदस्य रोशनी परियार नेकपा एमाले

वडा नम्बर ६

वडाअध्यक्ष सन्देश लिङ्देन नेपाली काङ्ग्रेस
सदस्य तेजबहादुर प्रधान नेकपा एमाले
सदस्य शिवराज चौधरी नेकपा एमाले
महिला सदस्य गिता मिश्र नेकपा एमाले
दलित महिला सदस्य टुनाकुमारी विश्वकर्मा नेकपा एमाले

वडा नम्बर ७

वडा अध्यक्ष भुवन सिंह मगर
स्वतन्त्र सदस्य खुशीलाल चौधरी नेकपा एमाले
सदस्य मीनबहादुर गुरुङ नेकपा एमाले
महिला सदस्य सीतादेवी अधिकारी नेकपा एमाले
दलित महिला शारदा विश्वकर्मा कामी नेकपा एमाले

वडा नम्बर ८

वडा अध्यक्ष खेमप्रसाद न्यौपाने नेकपा एमाले
सदस्य भोजबहादुर राई नेकपा एमाले
सदस्य रोशननाथ उप्रेती नेकपा एमाले
महिला सदस्य कुमादेवी दाहाल नेकपा एमाले
दलित महिला सदस्य तुलसा दर्जी नेकपा एमाले

वडा नम्बर ९

वडा अध्यक्ष प्रकाश श्रेष्ठ नेपाली काङ्ग्रेस
वडा सदस्य कयेस मिया नेकपा एमाले
वडा सदस्य राजनारायण खवास नेकपा एमाले
महिला सदस्य रुकमणी घिमिरे नेकपा एमाले
दलित महिला सदस्य सारदा विश्वकर्मा नेकपा एमाले

वडा नम्बर १०

वडा अध्यक्ष राजकुमार राई नेकपा एमाले
वडा सदस्य ओमप्रसाद थपलिया नेकपा एमाले
वडा सदस्य रमेश गौतम नेकपा एमाले
महिला सदस्य वविता खापुङ नेकपा एमाले
दलित महिला सदस्य गंगा माया वि क नेकपा एमाले

वडा नम्बर ११

वडा अध्यक्ष विशनलाल चौधरी, माझी नेकपा एमाले
वडा सदस्य विशाल लिम्बु नेपाली काङ्ग्रेस
वडा सदस्य जिवनाथ ढकाल नेकपा एमाले
महिला सदस्य सुष्मा चौधरी दनुवार नेकपा एमाले
दलित महिला सदस्य ज्ञानु माया सार्की नेकपा एमाले

वडा नम्बर १२

वडा अध्यक्ष रोशनप्रसाद ढकाल नेकपा एमाले
वडा सदस्य दिलिपप्रसाद दाहाल नेकपा एमाले
वडा सदस्य कमला श्रेष्ठ नेकपा एमाले
महिला सदस्य निलम थापा नेकपा एमाले
दलित महिला सदस्य प्रमीला आछामे सार्की नेकपा एमाले

प्रतिक्रिया

सम्बन्धित