रुख पछि दाउरा हुन्छ त्यसैले सूर्यमा भोट हाल्नु होस् : ओली

धरान / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन विकास हैन बिनासका लागि बनेको बताएका छन् । शनिवार धरानमा एमालेले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यसै गरी पहिलो पटक मतदान गर्ने मतदातालाई गल्ती नगर्न समेत आग्रह गरेका छन् । उनले भने “रुख पछि दाउरा हुन्छ त्यसैले सूर्यमा भोट हाल्नु होस्, पहिलो पटक अरूमा मतदान गरेर गल्ती गर्नु हुदैन।”

धरानमा विभिन्न पार्टी परित्याग गरी ३ सय जना पार्टी प्रवेश गरेको एमाले नगर इन्चार्ज नारायण सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित