संसद सचिवालयका कर्मचारी हिँडे घर, आएन नेपाल समूहकाे राजीनामा

काठमाडौं / सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार छलफलमा रहेकाे समयमा कार्यालय समय सकिएकाे छ ।

बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् ।

उता सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकिएकाले काँग्रेस सभापति देउवाको टोली शीतलनिवास आउन सक्ने भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरु कुरेर बसिरहेका छन् । राति ९ बजेसम्म देउवाको टोलीनआएमा केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवासको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित