एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं / एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ ।
इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।
यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्दछ ।
यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ ।
विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् ।
स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_59N46ZjuNs_7pqogjvfl1t6eeewthoxq0q2jhfat9uvd5kay1qeazhjbmjktl2c1h3uiqkh.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_szpBppsHsI_iphn8rtbhh1zzbyd70cl0qadvyhe2yndknvepfxfuapahm8yn5yralblalih.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_Muw0fscIiF_yw4wirwrbfd3wdkvmgeeerdb27rsgmrg3vbhhcac5e9nqssdg6tpxgqyykjt.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_sQwlKaPyU5_7kvr2y2wcrkseajukz5ylobhmqy99m8plpufsva6gidvszgkhbnlt0lqley7.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_TuwDmYyJJb_b9r41ezymvcd35qnjnc1piyg0g4lg9rxeb2lx1jcuebyhpzuf67za1vmqhz7.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_OSdo8EM7h1_uisa97lwot7opzarqc6j0hmjjiot6grgq1nhsdnlnm48si44xoxxcw8uk1ys.jpg)
प्रतिक्रिया