प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बैठक बोलाएका हुन् ।

संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले बहुमत सदस्यले नियुक्ति सिफारिस गर्न मिल्ने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित