अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन

काठमान्डाैं / नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका ३५० जना स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाएर काममा खटाउने निर्णय गरेको हो ।

देशलाई आवश्यक परेका बेला उनीहरूलाई जुनसुकै बेला सेनाले बोलाउन सक्ने निर्णय भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले जानकारी दिएका छन् । सेनामा रहेर काम गरी २०७२ सालपछि अवकाश भएका स्वास्थ्यकर्मीको सङ्ख्या करिब ३५० जना रहेको बताइएको छ ।

विपदका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका सधैं अग्रणी रहँदै आएको छ । अहिले पनि सेनाले आफ्नो प्लान्ट बिग्रिदा पनि निजी प्लान्टको सहयोगमा अक्सिजन उत्पादनलगायत कार्यमा सरकारलाई सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित