भोक्राहाका अध्यक्ष धरानबाट युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ

इनरुवा / सुनसरीको धरानबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव युवती सहित आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । सुनसरी प्रहरीले धरानको होटलबाट यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको जनाएको छ । प्रहरीले यादव पक्राउ सँगै घटना मुचुल्का समेत तयार पारी सकेको जनाएको छ ।

अध्यक्ष यादव पक्राउ परेको विषय सुनसरीका प्रहरी प्रमुख कमल थापा स्वयंले पुष्टि गरेका छन् । प्रहरी प्रमुख थापाले धरानको प्रहरी टोलीले यादवलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको बताए । धरान प्रहरीको नियन्त्रणमा रहेका यादवलाई कानुन बमोजिम कार्वाहीको प्रकृया अघि बढाइने सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले अध्यक्ष पक्राउको घटना मिलाउन नेताहरुको फोन आउन थालेको जनाएको छ । उसले उक्त घटना कुनैपनि हालतमा मिल्न नसक्ने भन्दै कानुन बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइने स्पष्ट पारेको छ । यता अध्यक्ष पक्राउ परेको विषय बाहिरिए सँगै गाउँपालिकामा हल्लखल्ल मच्चिएको छ ।

प्रतिक्रिया

सम्बन्धित