प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

नयाँ वर्षको शुभकामना दिने साथै काेराेना संक्रमणकाे दाेस्राे लहर फैलिएकाे सन्दर्भमा उनले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित