माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने
काठमाडौँ / नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन, एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए । योसंगै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले तत्कालै कुनै निर्णय नगर्ने भएको छ ।
यस अघि माओवादी केन्द्रले आज सरकारलाइ दिएकाे सर्मथन फिर्ता लिने बताइएकाे थियाे । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेकाे छैन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गरेका थिए।
प्रतिक्रिया