एमाले र माओवादी अलग गरिदिने फैसलामा पुनरावलोकन निवेदन

काठमाडौं / सर्वोच्च अदालतकाे एमाले र माओवादीलाई अलग गरिदिने फैसलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दिएका छन् ।

नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले कसैको राजनीतिक अभिष्ट पूरा गर्ने गरी फैसला गरेको पनि आरोप लगाएका छन् ।

राजनीतिक आग्रह पूर्वाग्रहले मुलुकको वर्तमान राजनीतिमा कसैलाई सहज र कसैलाई असहज परिस्थिति सिर्जना गरिदिने काम भएकाे उनकाे भनाइ छ ।विशुद्ध राजनीतिक विषयमा प्रवेश गरी अदालतले आफ्नो संवैधानिक र कानूनी जिम्मेवारीको सीमा रेखा नाघेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित