कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार साँझ ८ः२५ बजे मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । मृत्युबारे यो समाचार तयार पार्दासम्म नर्भिक अस्पतालले आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन् ।

गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उहाँलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री साथै पूर्वसांसद पनि रहिसकेका जोशीमा मष्तिस्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित