पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं / स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित भट्टराईकाे दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएकाे हाे ।

आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित