प्रदेश कब्जा गर्न दिनेछैनौं : मुख्यमन्त्री राई

बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल, नेपाल र खनाल कम्पनी विधी विधानको खिल्ली उडाउँदै राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाउनेतर्फ केन्द्रित भएको बताए । आमसभामा बोल्दै मुख्यमन्त्री राईले दाहाल नेपाल खनाल कम्पनी मुलुकलाई अस्थिर बनाउँदै प्रदेशलाई समेत भाँड्न खोजिरहेको आरोप लगाए । बहुमत रहँदै गर्दा अस्थिरता फैलाउन विरोधमा उत्रिएको कम्पनीलाई प्रदेश कब्जा गर्न नदिने उनले चेतावनी दिए ।

सोही क्रममा मुलुक निर्वाचनमय भइसकेको बताएका मुख्यमन्त्री राईले ताजा जनादेशका लागि निर्वाचनको विकल्प नभएकोमा जोड दिए । मुलुकमा अस्थिरता सृजना गर्ने कार्य भइरहेको बताउँदै उनले अस्थिरताको फोहरी खेलमा लाग्नेलाई ठेगान लगाउन प्रधानमन्त्री ओलीले मुलुकको रक्षाका लागि ताजा जनादेशको तयारी गरेको बताए । वैशाख १७ र २७ गते हुने निर्वाचनमा जुट्न आह्वान गरेका उनले सडकमा उभिएको कम्पनी निर्वाचन आयोगमा दल दर्तासहित छुट्टै निर्वाचन चिन्हलिएर निर्वाचनमा जाने तयारीमा रहेको बताए ।

 

मुख्यमन्त्री राईले विवादको घेरा बुन्दै आएको कम्पनीले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई अपदस्थ गरेर सत्ता कब्जा गर्ने सोच बनाएको आरोप लगाए । नेकपालाई फुटाएर दुई कित्ताबीच लडाई सुरु भएको उनको भनाइ छ । राईले भने, ‘आफ्नै पार्टी दुई कित्तामा उभिएको छ । लडाइँ दुई कित्ताबीच सुरु भएको छ । जसरी पनि अब हामीले जित्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित