भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानु भएको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी भारत गएका हुन् । स्वकीय सचिव भट्टराईका अनुसार उनी आजै नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित