विरोध सभाअघि प्रचण्ड-नेपाल समूहको मार्चपास

काठमाडौं / नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन् । प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू भएकाे स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने छ ।

बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित