एनसेलः सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ncell_Main_Logo_BihBNUXFCJ_IY8JTWwXc2_ayolebszqx0g7c6kqvkcj8m5mi6vwmeskdkrkh8bbqjbibgdhi3budsyym4h.jpg)
काठमाडौं / एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिन्छ ।
सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।
यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।
फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होईन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन् ।
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_59N46ZjuNs_7pqogjvfl1t6eeewthoxq0q2jhfat9uvd5kay1qeazhjbmjktl2c1h3uiqkh.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_5mhMimHZA6_iwinanktctut8cpcxtogjnjykgjbdqxabqpyauhkigb6jtphnk5vm3pa5vrl.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_Muw0fscIiF_yw4wirwrbfd3wdkvmgeeerdb27rsgmrg3vbhhcac5e9nqssdg6tpxgqyykjt.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_7ilK4e7BHR_agsvitexabxsj9zu79ic8fniqu3h1ymun5ypf1vkbe4ybubsf0a9u2ebbian.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_vNZBDIbrE9_gm2oop3yf2ht6sqvv79nnbitrlelrdydgzvbcmcmpautc3zummudsymwmniv.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_i28lKJGBeW_m2laabetuoscvuqiywuajfrm6uk9dqnr90p93kmydqkikmtmhaeyb14vdrwp.jpg)
प्रतिक्रिया