प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् ।

ओलीले प्रचण्ड-नेपालको चर्को आलोचना गरिरहेका ओलीले वैशाखमा चुनाव घोषणा गर्दै संसद भंग गरेका थिए । यो सँगै प्रचण्ड-नेपालले उनलाई प्रतिगमनकारीको आरोप लगाएर उनलाई घेर्ने रणनीति तय गरेको छ। जसअनुसार ओलीविरुद्ध सडक संघर्षमा प्रचण्ड नेपाल छन् । पुष ५ मा संसद विघटन गरेपछि ओलीले आज पहिलोपटक राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित