देश अनिश्चित बाटोमा गइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ / पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताएका छन् ।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको बताए । सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने उनको विश्वास छ ।

प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उनले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको बताए । उनले नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशहरुले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नल्याएमा देशलाई बचाउन कठिन हुने बताए ।

त्यस्तै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै त्यो देशका लागि सुखद नहुने धारणा राखे । पूर्वराष्ट्रपति यादवले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपी कोइरालाको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित