नेकपाको विवाद चर्किरहँदा ओली र देउवाबीच भेट

काठमाडौँ / नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सग भेटवार्ता गरेकाे छन् । कांग्रेस सगँ सम्बन्ध विस्तारको प्रयास थालेका प्रधानमन्त्रीले शनिबार सरकारी निवास बालुवाटारमा सभापति देउवासग भेटवार्ता गरेका हुन् ।

देउवा निकट एक नेताले भने,“हिजो प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा भएन” । भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए ।

तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट एक नेताले बताएका छन् । सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ । तर, त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए । देउवा ओलीप्रति उदार देखिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने ओलीप्रति अनुदार देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित