सेवाग्राहीको विश्वास जित्दै विराटनगर स्थित न्युरो कोभिड अस्पताल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/neuro-1170x700-1_gIw8rnMe8c_47lith913wnhaquzwppkg0ioajnojwtjwaeju9wt2mrt0khxji4ohnn4dulm.jpg)
विराटनगर / प्रदेश १ मा कोरोना संक्रमित बिरामीहरु बढिरहेको र संक्रमितहरुले उपचार नपाइरहेको अवस्थामा भाद्र ११ गते बाट सन्चालनमा आएको न्युरो अस्पतालद्धारा सन्चालित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीहरुको लागी भरोसाको केन्द्र बनेको छ । प्रदेश नं १ मा निजी स्तरबाट पहिलो पटक सन्चालनमा ल्याइएको कोभिड अस्पतालले अहिले प्रदेश नं १ का मात्र नभई प्रदेश नं २ लगायत अन्य स्थानका लक्षण सहितका कोराना संक्रमित बिरामीहरुको उपचारमा आफुलाई अव्वल सावित गरेको छ ।
४२ वटा जनरल बेड, ७ वटा आइसियु तथा २ वटा भेन्टिलेटरबाट सेवाको शुरुवात गरिएको अस्पताललाई अब थप विस्तार गरिने योजना रहेको अस्पतालका कार्यकारी निर्देशक अनिशा बिष्ट बताउनु हुन्छ । अस्पतालले असोज ११ गते देखि अस्पताल परिसरमै च्त् एऋच् ीब्द्य शुरु गर्दे कोरोनाको जाँच पनि सरकारले तोकेको मुल्यमा गर्दे आएको छ । कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने व्यवस्था मिलाएपछि कोरोनाको उपचारमा थप सहज भएको छ । नेपालमा अहिले पनि अधिकांश संक्रमितहरु घरमै बस्ने गरेको कारण संक्रमण बढन सक्ने जोखिम रहेको बताउदै डाइरेक्टर विष्ट त्यसै अनुरुप पुर्व तयारीमा रहनु पर्ने बताउनु हुन्छ । अधिकाश संक्रमितहरु अवस्था गम्भिर भएपछि मात्र अस्पतालमा उपचार लिन आउने हुदाँ उपचारमा आइसियु लगायत अन्य पुर्वाधारको कमि हुन नदिन लगानीको जोखिम हुदाँ हुदै पनि २० बेड आइसियु र २० बेड ज्म्ग् थप्ने आफनो योजना रहेको बताउनुहुन्छ । कोरोना बिरुद्धको लडाईमा कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।
पुर्वाधार निमार्णको आवश्यक्तालाई जोड दिदै कार्यकारी निर्देशक विष्ट प्राय जसो बिरामीहरु छाती पुर्ण रुपमा खराब भएका, दमका समस्या, मृगौलाका समस्या, मुटु तथा मधुमेहका, अक्सिजनको मात्रा एकदमै कम भएको समस्या सहित अस्पताल आउने गरेको बताउनुहुन्छ । खास गरेर ४५ वर्ष भन्दा माथिका जटिल रोगहरु सहित आउने गरेको हुदाँ आइसियु र भेन्टिलेटरको कमी महशुश भएको बताउनुहुन्छ ।
कोरोना बिरुद्धको लडाईमा प्रदेश सरकारसँग सहकार्य गर्दे भाद्र २४ गते देखि कोरोनाको उपचार निशुल्क गर्दे आएकोमा नेपाल सरकारको निर्णय अनुरुप कार्तिक २ देखि सशुल्क उपचार गर्दे आएको छ र संक्रमितको उपचारमा नेपालमै सबै भन्दा सुलभ शुल्कमा उपचार गरिएको अस्पतालको दाबी छ । अस्पतालमा हाल सम्म २२४ जना बिरामी भर्ना भई उपचार गरिएको र १८१ जना निको भई डिस्चार्ज भएको भने ६५ जनाको सघन उपचार कक्षमा राखि उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । त्यसैगरि अत्यन्त जटिल तथा गम्भिर प्रकृतीका केहि कोराना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
अस्पतालमा उपचार गराई निको हुनु भएको दमकका प्रबिन दाहालले, न्यूरो हस्पिटलले प्रदान गर्दै आएको कोभिड सम्बन्धी उपचार प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले समयमै दक्ष चिकित्सक एवम स्वास्थ्यकर्मीको उपचारले आफुले नयाँ जिवन पाएको बताउनुभयो । २४ सै घण्टा चिकित्सक तथा तथा नर्सहरुको उपलब्धता तथा अन्य स्रोत साधनहरुको उचित व्यवस्थापन गरिएको अस्पतालको कोभिड उपचार प्रति कृतज्ञता व्यतm गर्ने धेरै सेवाग्राहीहरु हुनुहुन्छ र सेवाग्राहीहरुको कृतज्ञता ले कोभिड अस्पताललाई थप विस्तार गर्न उर्जा मिलेको बताउनुहुन्छ अस्पताल निर्देशक विष्ट । यस्तो बिषम परिस्थितीमा पनि उत्कृष्ट सेवा प्रदान गर्दे सेवाग्राहीको विश्वास जित्न सकेकोमा सबै प्रति आभार प्रकट गर्दे कोरोना विरुद्धको लडाई नसकिएको र अझै पनि चुनौतकिो सामना गर्न र मानवताको सेवा गर्न सबैलाई आग्रह गर्नुहुन्छ ।
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_AwJGaoGMel_okzpwmxehc729qnqihivqvhhlgzzgec6mvi8bzlo8uzftfdjq44tgk4ycghx.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_xWmQcmSJeo_0gkidfsugplgsa84wm69rwg1wac8hx762yk1sjcf2kadr1hwukbno5xabsop.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_OTeb3MZco7_zy2mj4efpoyida6olifjk9nkmkyfzfnejzbvfwlpxsi3nka3uedftlwgvnuf.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_Gdd3lG1xvD_905lhztcaf18eajsm5udxpieclrgedl8obencxrpfmyibzzrfxyytu2ixmvp.jpg)
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
![सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240624-WA0001.jpg_OWxbFUxdzS_chtvipixkfvconki70xyk39vmhoihvsp1dqu9fhxbpgn9mbdufzwy9evnocl_UAt7kC1QrK_bmpd6gcvckbxjsuys0e2uixn50axxooo50ocgvga60slwnygpgmpwieumouq.jpg)
प्रतिक्रिया