वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

धरान, १७ भदौ : वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् । झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् ।

प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनार्थ प्रतिष्ठानको डीन (शैक्षिक) पदमा नियुक्त भएका हुन् ।

नियुक्ति सगै उनले कार्यभार संहालेका प्रा.डा झादले यस अघि दुई कार्यकाल प्रतिष्ठानको सहायक परिक्षा डिन भएर काम गरिसेका छन् । नियुक्ति सगै कोरोना महामारीका कारण शेैक्षिक क्यालेण्रमा केही परिवर्तन भए पनि प्रतिष्ठानको शैक्षिकस्तर घट्न नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानको एनाटोमि विभागका प्रमुख समेत रहेका शैक्षिक डिन प्राध्यापक डाक्टर सिवी झाको भदौ १ गते ३ वर्ष कार्यकाल सकिए सगै डिन पद खाली रहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित