विराटनगर स्थित न्यूरो अस्पतालद्वारा ‘कल न्यूरो’ सेवा प्रारम्भ : अब घरमै बसिबसि लिनुहाेस् डाक्टरकाे परामर्श

विराटनगर / विराटनगर स्थित न्यूरो अस्पतालले सर्वसाधारणकाे उपचारलाइ थप सहज बनाउने उदेश्यका साथ नि:शुल्क ‘कल न्यूरो’ सेवा प्रारम्भ गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण तथा लकडाउनकाका कारण समयमा अस्पताल जान नपाएका विरामीहरूका लागी ‘कल न्यूरो’ सेवाकाे शभारम्भ गरिएकाे हाे । अपस्तालकाे ओपिडी सेवा लिइरहेका बिरामिहरूकाे समस्यालाइ मध्यनजर गर्दै  साे सेवा प्रारम्भ गरिएकाे न्यूराे अस्पतात आउटरिच कार्यक्रम संयाेजक भारत श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सबै स्वास्थ्य सेवा काेराेना संक्रमणमा केन्द्रित भइरहेकाे अवस्थामा अन्य विरामीहरूलाइ समास्या पर्ने गरेकाले विरामीकाे सहजताकालागी सेवा संचालन गरिएकाे बताए । उनले बिरामिहरूले फाेन मार्फत तथा अस्पतालकाे ह्रवाटसप(whatsapp) नम्बर ९८५२०३२९९४ मा सम्पर्क गरी साे सेवा लिन सकिने बताए । यसले फलाेअप गर्ने बिरामिहरूलाइ बिशेष प्राथमिकताकासाथ साे कार्यक्रम त्याइएकाे बताए ।

कोभिड १९ संक्रमण बाहेक अन्य रोगीहरु ओपिडी बन्द हुदा समसयामा परेको भन्दै बिभिन्न दीर्घ रोगीको परामर्श उपचारसंगै अन्य विरामीहरुले समेत निशुल्क सेवा लिन सक्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताएका छन् ।  टेलिफोनवाट परामर्ससगै आवश्यकता अनुसार सामाजिक सन्जालबाट समेत सेवा दिईने भट्टराइले बताए ।

काेराेना संक्रमितकाे संख्या बढि रहेकाले अस्पताल जानु पर्ने विरामी पनि राेग पालेर घरमा नै बसिरहेकाे समयमा याे सेवाले निकै सजिलाे भएकाे एक विरामीले बताए , उनले भने” अस्पताल धाउन सम्या परिरहेकाे याे अवस्थामा निकैनै सहज भएकाे बताए । कुन औषधी कसरी सेवन गर्ने, नगर्ने लगायतका अन्याैल परिस्थितीमा यसले अफुलाइ सहज बनाएकाे बताए । उनका अनुसार काेराेनाकाे डरले अस्पताल जान सकिएकाे थिइन्, अहिले घरबाट नै परामर्स लिन पाउदा धेरै खुसि छु।” आर्थीक अवस्था कमजाेर भएकाहरूलाइ याे नि:शुल्क सेवाले निकै राहत भएकाे उनकाे बुझाइ छ ।

कोरोनाको सक्रमण बढ्दै गएपछि अहिले अस्पतालहरुले ओपिडी सेवा बन्द गरेका छन् भने अस्पतालहरु कोराना सक्रमतिको उपचारमा केन्द्रित भएकाे याे अवस्थामा न्यूराेले  यो सेवा सुरु गरेको हो ।

यसैबिच केही दिन अघी न्यूरो अस्पतालले प्रदेश १ मै पहिलो पल्ट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरो अस्पतालको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो । ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिन भित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित