वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

धरान / लामो समयदेखि ओपिडी बन्द हुदा सर्वसाधारणले उपचार नपाएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानले निःशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।

कोराना भाइरसको सक्रमण बढ्दै गएपछि अन्य विरामीहरुले उपचार नपाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्र्टनल मेडिसिन विभागले टेलिफेन परामर्शद्वारा नै विरामीको उपचार गर्ने भएको हो । प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जिव कुमार शर्माका अनुसार आइतबारबाट निः शुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु गर्ने भएको हो । उहाका अनुसार आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन विहान १० वजे देखि १ वजे सम्म यो सेवा सञ्चालन गर्न लागेको होे ।

कोभिड १९ संक्रमण बाहेक अन्य रोगीहरु ओपिडी बन्द हुदा समसयामा परेको भन्दै मधुमेह,मुटु , क्यान्सर लगाएतका दीर्घ रोगीको परामर्श उपचारसंगै अन्य विरामीहरुले समेत निशुल्क टेलिफोनवाट सेवा लिन सक्ने मेडिसिन विभागले जनाएको छ ।

टेलिफोनवाट परामर्ससगै आवश्यकता अनुसार सामाजिक सञ्चालनवाट समेत सेवा दिईने विभाग प्रमुख प्राध्यापक डाक्टर शर्माले वताए । ओपिड जस्तै दैनिक चिकित्सकहरुलाई फोन गरेर यो सेवा लिन सक्ने उहाको भनाई छ । कोरोनाको सक्रमण बढ्दै गएपछि अहिले अस्पतालहरुले ओपिडी सेवा बन्द गरेका छन् भने अस्पतालहरु कोराना सक्रमतिको उपचारमा केन्द्रित भएका कारण प्रतिष्ठानको मेडिसिन विभागले यो सेवा सुरु गरेको हो । यो सेवाको लागि सम्बन्धित चिकित्सकहरुको फोन नम्बर समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित