बिराटनगरस्थित न्यूरोमा प्रदेश १ मै पहिलो पटक भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालन

विराटनगर । प्रदेश १ मै पहिलो निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरो अस्पतालको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो । ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिन भित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने अस्पतालले जनाएको छ ।

विहीबार एक कार्यक्रमका बिच प्रदेश नं १ सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरे, उद्धोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे तथा ब्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले संयूक्त रूपमा कोभिड अस्पतालको शुभारम्भ गरेका हुन् । कोभिड अस्पतालको सन्चालन साथै अस्पतालले कोभिड सम्बन्धी अन्यहरु सेवाहरु RT PCR Test Lab, कोभिड हेल्थ चेकअप प्याकेज, Basic Hospital Package, Premium Housepital Package पनि सन्चालनमा ल्याएको जनाएको छ ।

संक्रमितले घरमै बस्नु पर्ने बाध्यताको केहि हदसम्म कमी गर्ने तथा समुदायमा संक्रमण थप फैलिन नदिन मद्दत गर्ने उद्देश्य सहित संक्रमितको उपचारमा संलग्न अन्य अस्पतालमा हुने बिरामीको चापलाई कम गर्दे विरामीले पाउने उपचार तथा हेरचाहको गुणस्तरमा पनि वृद्धि हुने अस्पतालको बिश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताएका छन् । उनले सेवाग्राहीको माग अनुसार नै अस्पताल निर्माण गरिएको बतए ।

अस्पतालको नियमित सेवा समेत संचालन गर्न कठिन भइरहेको यो विषम परिस्थितीमा कोभिड अस्पतालको सेवा प्रारम्भ गर्नु चुनौती पुर्ण रहेको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट बिरेन्द्र बिष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित