विराटनगरमा थपिए ४३ संक्रमित

विराटनगर / विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ४३ जना नयाँ संक्रमित थपिएका छन् । साउन २७ र २८ गते स्वाब संकलन गरेर परीक्षण गराइएका मध्ये संक्रमण पुष्टि भएकाहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् ।

४३ जना थपिएसँगै विराटनगरमा संक्रमित संख्या पाँच सय २३ पुगेको महमनगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
नयाँ थपिएका संक्रमितमा १९ जना महिला छन् । विराटनगर–२ मा चार, ३ मा छ, ४ मा तीन, ५ मा चार, ६ मा सात, ८ मा एक, ९, ११ र १५ नम्बर वडामा छ÷छ जना नयाँ संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित