भरतपुर अस्पतालका प्रमुखसहित चार चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bharatpur_JwLMb8uvzk_ju5wycyudgu5da3cqjrfhtoude9ojyimj2nqdhrcvfaf7ul56vsengt3jsui.jpg)
भरतपुर / कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।
आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ ।
तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताएका छन् । उनले भने, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।”
जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए ।
अस्पतालका सङ्क्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन् । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् ।
भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।
![एसईईको नतिजा सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_PSyosCXxw4_xtositvjzlmdcqpsjrw6s38c1ibmchxtdmpusyyimqiireshtdogkhmthnpd.jpeg)
एसईईको नतिजा सार्वजनिक
![विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_Prachand2023-07-06-02-42-24_P5fC6DyBKt_ipqgdxaawwxwpjsg5kvgv9nnniyuotqegtiwwyo4jitf8fk1qldfsqpzzv9y.jpeg)
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
![एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_lJuJr12Q0W_7owqzv6diwa0z5ixua4j4ah19mu58rup7pwyxdfv1ajlsnej8hxjkhk4fa3k.jpeg)
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
![प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-Rastriya-sabha-abarodh_II6V0SZ8aF_vbijnlplddai9x0do5yvvm8byhc6zzupjivm0gxnepdabwkolzhobnazyvs7.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
![प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन](https://snowberry.prixacdn.net/media/gallery_folder/355987375_262929189760441_225062056348601929_n.jpg_q0U93hHcze_j4lvubqiw0qsr4feqwm0cira1ujs9f7y8x7zxv7wcwatjs090kanoa8btrxi.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन
![मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Weather-rain_hXZWavARm2_rigrshygj0g0v4v31hvzev7e4jh70unhhkulbiexrjpgnqspvcreyjiuslar.jpeg)
मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना
![ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah_05DCK5T72k_tsrehjuzmtqrwv5t3aasirfhc9dtpizfwhxvnveyb3xn9qsiuxmij00mwqo3.jpg)
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
![पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa2023-01-14-04-58-14_6SN7RC5avI_zw8wef1mdirgqd9dlltav4a0aokecofaxfbckzbitgea3fwls2s0gqel3gtj.jpeg)
प्रतिक्रिया