भक्तपुर नगर भदौ ९ सम्म लकडाउन, अस्पताल सिल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lockdown_ani_Ak37kzEFXh_dxu1sedonpflyou9srhyp5bwloiiqbwx7ugsu87d10mfcw5jjizmuldojs8c.jpg)
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।
नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेकोे छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।
नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आज सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । अस्पतालमा कोरोना सङ्क्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
सङ्क्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । आजसम्म भक्तपुरमा १२४ कोरोना सङ्क्रमित भइसकेका छन् ।
![एसईईको नतिजा सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_PSyosCXxw4_xtositvjzlmdcqpsjrw6s38c1ibmchxtdmpusyyimqiireshtdogkhmthnpd.jpeg)
एसईईको नतिजा सार्वजनिक
![विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_Prachand2023-07-06-02-42-24_P5fC6DyBKt_ipqgdxaawwxwpjsg5kvgv9nnniyuotqegtiwwyo4jitf8fk1qldfsqpzzv9y.jpeg)
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
![एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_lJuJr12Q0W_7owqzv6diwa0z5ixua4j4ah19mu58rup7pwyxdfv1ajlsnej8hxjkhk4fa3k.jpeg)
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
![प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-Rastriya-sabha-abarodh_II6V0SZ8aF_vbijnlplddai9x0do5yvvm8byhc6zzupjivm0gxnepdabwkolzhobnazyvs7.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
![प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन](https://snowberry.prixacdn.net/media/gallery_folder/355987375_262929189760441_225062056348601929_n.jpg_q0U93hHcze_j4lvubqiw0qsr4feqwm0cira1ujs9f7y8x7zxv7wcwatjs090kanoa8btrxi.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन
![मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Weather-rain_hXZWavARm2_rigrshygj0g0v4v31hvzev7e4jh70unhhkulbiexrjpgnqspvcreyjiuslar.jpeg)
मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना
![ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah_05DCK5T72k_tsrehjuzmtqrwv5t3aasirfhc9dtpizfwhxvnveyb3xn9qsiuxmij00mwqo3.jpg)
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
![पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa2023-01-14-04-58-14_6SN7RC5avI_zw8wef1mdirgqd9dlltav4a0aokecofaxfbckzbitgea3fwls2s0gqel3gtj.jpeg)
प्रतिक्रिया