कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या १०२ पुग्यो

काठमाडौँ / पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जनाको मृत्यु भएको हो ।

यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित