कोरोनाको आशंका गरिएका विराटनगरका गुप्ताको मृत्यु

विराटनगर / कोरोना भाइरस संक्रमणको आशंका गरिएका विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पंकज गुुप्ताको बिहीबार कोशी अस्पताल मृत्यु भएको छ । उपचारका लागि बिहान १०ः३० बजेतिर कोशी अस्पतालमा भर्ना गरिएका उनको दिउँसो ४ बजेतिर मृत्यु भएको मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए । श्वास फेर्न गाह्रो भएर स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

केही दिनदेखि ज्वरो आउने, रिंगाटा चल्ने लगायत कोरोनासँग मिल्ने लक्षण मृतक पुरुषमा रहेको बताउँदै दासले अस्पताल ल्याइपु¥याउँदा अवस्था चिन्ताजनक बनिसकेको जानकारी दिए ।

तत्काल आइसोलेसनमा लगेर उपचार सुरु गर्दै कोरोना परीक्षणका लागि ११ बजेतिर गुप्ताको स्वाब संकलन गरिएको डा. दासले बताए । तर अहिलेसम्म रिपोर्ट आइसकेको छैन । रिपोर्ट नआउँदै मृत्यु भएका कोरोना शंकास्पद पुरुषको रिपोर्ट प्राप्तपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । रिपोर्ट नगेटिभ आएमा अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने र पोजेटिभ आएमा शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीलाई बुझाइने जानकारी दासले दिए ।

प्रतिक्रिया

सम्बन्धित