एनसेल आजीयाटाले सुरु ग-यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं / नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ ।
कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।
प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन् । गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो ।
वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”
वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।
त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।
वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ ।
४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।
सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।
यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै कम्पनीको वायरफ्री प्लस वाइफाइ पेजमा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिन्छ ।
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_59N46ZjuNs_7pqogjvfl1t6eeewthoxq0q2jhfat9uvd5kay1qeazhjbmjktl2c1h3uiqkh.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_szpBppsHsI_iphn8rtbhh1zzbyd70cl0qadvyhe2yndknvepfxfuapahm8yn5yralblalih.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_ttDxIEvIGL_0kaiipeoyawg7ay4zgzchc4rvug6cwvagfto64jxvf56prxbbyoyshzxapwq.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_sQwlKaPyU5_7kvr2y2wcrkseajukz5ylobhmqy99m8plpufsva6gidvszgkhbnlt0lqley7.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_TuwDmYyJJb_b9r41ezymvcd35qnjnc1piyg0g4lg9rxeb2lx1jcuebyhpzuf67za1vmqhz7.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_OSdo8EM7h1_uisa97lwot7opzarqc6j0hmjjiot6grgq1nhsdnlnm48si44xoxxcw8uk1ys.jpg)
प्रतिक्रिया