थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै धरानमा सङ्क्रमितकाे संख्या २४ पुग्याे

धरान / धरानमा आज ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
धरान १३ का कोरोना संक्रमित युवाले काम गर्ने गरेको धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेको बताइएको छ । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरू बिचमा विराटनगर र जनकपुर गएर आएको बताइएको छ । १३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।
यसै गरी धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।
यो सँगै धरान उपमहानगरपालिकामा क्वारेनटाइन बाहिरका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया