एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्कभित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् ।
प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र रु ९५.७७ लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित मात्र रु १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् ।
साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्छन् ।
प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_59N46ZjuNs_7pqogjvfl1t6eeewthoxq0q2jhfat9uvd5kay1qeazhjbmjktl2c1h3uiqkh.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_szpBppsHsI_iphn8rtbhh1zzbyd70cl0qadvyhe2yndknvepfxfuapahm8yn5yralblalih.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_Muw0fscIiF_yw4wirwrbfd3wdkvmgeeerdb27rsgmrg3vbhhcac5e9nqssdg6tpxgqyykjt.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_CPwRlPpIJ5_wzfzeihi5zgpa76tbyjgrjz6maimvbkw6e1bqi9syw0xhmslhsxw6zaukpvu.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_TuwDmYyJJb_b9r41ezymvcd35qnjnc1piyg0g4lg9rxeb2lx1jcuebyhpzuf67za1vmqhz7.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_i28lKJGBeW_m2laabetuoscvuqiywuajfrm6uk9dqnr90p93kmydqkikmtmhaeyb14vdrwp.jpg)
प्रतिक्रिया