सप्तरीमा न्यूरो हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

सप्तरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र बोदे बर्साइन नगरपालिका, सप्तरीको संयूक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ३ सय १६ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको बोदे बर्साइन नगरपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरको कारण गरिव तथा स्वास्थय सेवा लिनबाट बञ्चित नगरवासि निःशुल्क स्वास्थ्य शिविरले हर्षित भएका छन् ।

न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सप्तरी जिल्लाकै उत्कृष्ट शिविर रहेको स्थानिय दिनेश राय यादबले बताए । यादबले बिभिन्न हस्पिटलहरु यस अघि पनि शिविर गरेको तर यसरी व्यवस्थित स्वास्थ्य शिविर पहिलो पटक भएको बताए । उनले औषिधिहरु समेत निःशुल्क वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । यस्तै अर्का एक सेवाग्रही जिवच्छ यादबले चिकित्सक देखी आधुनिक उपकरणमा अब्बल रहेको भन्दै बिरामीहरुलाई बचाउने उत्कृष्ट न्यूरो हस्पिटल रहेको बताए ।

स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु ,वरिष्ठ स्त्री रोग विशेषज्ञ शुभद्रा अग्रवाल , वरिष्ठ विशेषज्ञ फिजिसियन अग्रज उप्रेती , विशेषज्ञ अर्थोपेडिक सर्जन अमित देव , दन्तरोग सर्जन डा. अमित प्रताप साह , लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यस्तै मेडिकल अफिसरहरु डा. साहिल अंसारी , डा . ज्योत्सना पराजुली , डा. अमित चौधरी, डा. मयङक राज कर्ण , डा. मोहमद सिद्धिक , फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी र शेखर प्याकुरेल , ल्याब टेक्नोलोजिस्ट नरेश साह लगायतका ३८ जनाको स्वास्थ्यकर्मीको टोली द्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा बोदे बर्साइन नगरपालिकाका अध्यक्ष आतेश कुमार सिङ यादबले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए । शिविरमा महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , दन्त रोग , चर्मरोग , बालबालिमालाग्ने बिभिन्न रोग ,हाड जोर्नि सम्बन्धी विरामीहरुले स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए साथै ४१ जनाले फिजियोथेरापी सेवा लिएका थिए ।

शिविरमा ५० जनाको इसिजि , तथा १ सय ७६ जनाको सुगरको टेस्ट गरिएको साथै न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए । यस्तै न्यूरो हस्पिटलले , महिनावारि र सामाजिक कुप्रथा भन्ने शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा बोदे बर्साइनकै चन्द्रा नमुना मा. विद्यालयकी कक्षा १० मा अध्यनरत नेहा चौधरि प्रथम , कक्षा १० की रुपा कुमारी यादब द्वित्य र कक्षा ९ की सरस्वति कुमारी साह तृत्य भएकी थिइन् । विजेताहरुलाई हस्पिटलले प्रथमलाई नगद ३ हजार रुपैयाँ दोश्रोलाई २ हजार र तृत्यलाई १ हजार रुपैँयाले पुरुस्कृत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित