एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

काठमाडौं / सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।
यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजना अन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

सरकारले जारी गर्याे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता नभ…

नेपाल सरकारले ल्यायाे सामाजिक सञ्जाल निर्देशिका : ३ महिनाभित्र नेपालमा दर्ता …

टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ

दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्न…
चन्द्रमामा पुग्यो भारतले पठाएको यान

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्टबिच सम्झौता

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गरा…

प्रतिक्रिया